Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरम नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित

काठमाडौं । बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठकमा सांसदहरू अनुपस्थित भएपछि कोरम नपुगेर स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि बस्दै नबसी स्थगित भएको हो ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।

समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077