Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै

    जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निकट संघीय कानून व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ ।

    शुक्रबार सम्पन्न संगठनको बैठकले आगामी साउन ५ र ६ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने बताइएको छ ।



    काठमाडौको बुढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुने उक्त एसोसिएसनमा आवद्ध देशैभरिका करिब डेढ सय जना कानुन व्यवसायीहरु सहभागी हुने छन् ।



    बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति समेत गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार