Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी ललितपुरले भन्यो - तोसिमाको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले दिएको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) ललितपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो ।

जिल्ला इन्चार्ज दिनेश महर्जन ९दिपेश० र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील युक्त भएको विषयमा हाम्रो निष्कर्ष रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः कमरेड सीता दाहालको निधनको दुःखद घडीमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077