Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषधसहित रौतहटबाट दुईजना पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का ८ वर्षीय किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का ३८ वर्षीय हरिन्द्र साहलाई पक्राउ गरेको हो ।

उनीहरुलाई १३ वटा प्लास्टिकको पुरियामा लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077