Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

एजेन्सी । थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ ।

विहीबार भएको निर्वाचनमा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले संसदमा बहुमत प्राप्त गर्न नसकेका हुन् ।

पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार थिए तर उनको पक्षमा ३२४ मत मात्र परेको थियो ।

थाइल्याण्डमा प्रधानमन्त्री बन्न कम्तिमा ३७६ मत प्राप्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077