Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

    थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 531
    SHARES

    एजेन्सी । थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ ।

    विहीबार भएको निर्वाचनमा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले संसदमा बहुमत प्राप्त गर्न नसकेका हुन् ।



    पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार थिए तर उनको पक्षमा ३२४ मत मात्र परेको थियो ।



    थाइल्याण्डमा प्रधानमन्त्री बन्न कम्तिमा ३७६ मत प्राप्त गर्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार