Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजनीतिक जीवनबाट सन्यास लिने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा

    राजनीतिक जीवनबाट सन्यास लिने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 627
    SHARES

    एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन्।

    युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमा उनले जारी गरेको विज्ञप्तिमा ‘अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,’ भनेका छन्।



    उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन्। उनको यो निर्णय थाई संसद्‌मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो।



    आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख उनले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार