Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थाइल्याण्डमा विदेशी फिल्म छायांकनमा कर छुटको घोषणा

    थाइल्याण्डमा विदेशी फिल्म छायांकनमा कर छुटको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 936
    SHARES

    एजेन्सी । थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । सरकारी प्रवक्ता रटचाडा थानादिरेकले आफ्नो मुलुकलाई विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने बताइन् ।

    थाइ मन्त्रिपरिषदले मंगलबार यस्तो निर्णय गरेको हो । सन् २०१७ देखि २०२० सम्म छायांकनको लागि आउने विदेशी फिल्मबाट हुने कमाइ ३.५ बिलियन डलरबाट बढेर सन् २०२१ मा ५ बिलियन डलर पुगेको समेत प्रवक्ताले जनाइन् ।



    उनका अनुसार थाइल्याण्डमा छायांकन हुने फिल्मलाई सरकारले २० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७।५ बिलियन भाट आम्दानी हुने अपेक्षा छ ।



    तर सरकारले ७१.७५ मिलियन भाट चाहिं राजस्व गुमाउनेछ ।नेपाली फिल्म ‘प्रेमगीत २’ थाइल्याण्डमा सुटिङ भएको थियो । त्यसबाहेक केही नेपाली फिल्म, म्युजिक भिडियो र टीभी कार्यक्रम पनि थाइल्याण्डमा सुटिङ भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार