Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का दुईजना सञ्चालक रिहा

काठमाडौं । ठमेलस्थित लर्ड अफ द ड्रिंक्स् (एलओडी) का दुईजना सञ्चालक छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको निर्णयअनुसार उनीहरु रिहा भएका हुन् ।

प्रहरीले सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जेठ ३० मा १५ वर्षीया किशोरीलाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बालबालिका सम्बन्धी कसुरमा’ अनुसन्धान गरिरहेको थियो ।

सरकारी वकिल कार्यालयले गरेको निर्णयअनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहिंका ग्राहकले ललितपुरमा ल्याएर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077