Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देशभर ८० भन्दा बढी हलमा सरोज खनाल निर्देशित चलचित्र ‘बगान’

काठमाडौं। आज (शुक्रबार) बाट फिल्म ‘बगान’ प्रदर्शनमा आएको छ । चलचित्रले देशभरका ८० भन्दा बढी हलमा १०० भन्दा बढी शो सङ्ख्या प्राप्त गरेको छ।

सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ।

निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन्। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् ।

साथै अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ पुनः केही हलमा आजबाट रिलिज भएको छ ।

गत बैशाख १ गते रिलिज भएको फिल्म दर्शकको चाहना अनुसार फेरि रिलिज गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077