Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा

काठमाडौं । बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको छ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।

तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077