Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतद्धारा स्पेसपोर्टबाट चन्द्रयान-३ प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको हो ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ। चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ।

यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन्। भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो।

सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन। सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077