Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित वडा सचिव पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित एक जना बहालवाला वडा सचिवसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय असिम थापा लागुऔषधसहित पक्राउ परेका छन् ।

बडु पुनर्वास नगरपालिका– १० मा कार्यरत सहायक वडा सचिव समेत हुन । उनीहरुको साथबाट ५४० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट आईबी आरडीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077