Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटरलाई सात दिन कैद

काठमाडौं । विशेष अदालतले पाँच हजार घुस लिने जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटरलाई सात दिन कैद सजाय सुनाएको छ ।

शुक्रबार विशेषका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।

कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई सात दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

करारमा काम गरिरहेका यादवले जग्गा फुकुवा गर्नका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई पटकमा गरी जम्मा ११ हजार रुपैयाँ लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077