Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घुस लिने मालपोत अधिकृतलाई एक वर्ष कैद, पाँच लाख जरिवाना !

काठमाडौं । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख अधिकृत सुनीलकुमार झालाई एक वर्ष कैद सजाए सुनाएको छ ।

घुस लिएर भ्रष्टाचार गरेको आरोपमा उनलाई विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले सजाय सुनाएको हो ।

उनलाई पाँच लाख रुपैयाँ जरिवानासमेत तोकिएको बताइएको छ । उनीमाथि गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।

निमित्त कार्यालय प्रमुख रहेका वेला जग्गासम्बन्धी हक सफा मुद्दामा पक्षमा फैसला गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077