Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मालाखेती प्रहरीले समात्यो ७ घण्टामै मोबाइल चोर, खैरो हिरोईन पनि बरामद !

कैलाली । ईलाका प्रहरी कार्यालय मालाखेतीले मोबाईल ग्यालरीमा चोरी गर्ने युवकलाई पक्राउ गरेको छ ।

अत्तरियास्थित ओम मोबाईल ग्यालरीबाट करिब एक लाख पचास हजार बराबरका मोबाईल चोरी गर्ने कञ्चनपुरको कृष्णपुरको गुलरिया बस्ने २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन् । शुक्रबार बिहान ९ बजेको समयमा हसंराज तिवारीले सञ्चालन गर्दै आएको सो ग्यालरीबाट भट्ट मोबाईल चोरी गरेका थिए ।

उनलाई शुक्रबार अपराह्र ४ बजेको समयमा गोदावरी ४ बाट भट्टलाई ४ थान एन्ड्रोइड मोबाईल, एक थान सादा मोबाईल, दश हजार नगद रुपैँया, बैंक अफ काठमाडौँका तीन ओटा चेक सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए ।

साथै उनको साथबाट २३० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ पनि बरामद गरिएको बतायएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077