Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छली ल्याएको एक करोड बढीको सामानसहित तीन ट्रक नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरीले पर्साबाट भन्सार छलीको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक करोड ३६ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना६ख ४४४६, ना ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिलबिजकमा उल्लेखित मूल्यभन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटनलगायतका सामानहरू रहेका छन् ।

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077