Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सचिवालय बैठक च्यासलमा

    एमाले सचिवालय बैठक च्यासलमा

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 426
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। एमालेको मुख्यालय च्यासलमा दिउँसो साढे १ बजे सचिवालय बैठक सुरू भएको हो।

    पार्टी संगठनात्मक कामको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टी उपाध्यक्षहरूसँग छलफल गरेका थिए।



    एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको फरक भूगोलमा कार्य विभाजन गरेर काम गरिरहेको छ। केन्द्रीय कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको हो।



    एमालेले सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्यांक शुद्धीकरणको अभियानसमेत सञ्चालन गरेको छ। आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताको कार्य विभाजन पछिको प्रभावकारिताको प्रारम्भिक समीक्षा र उपलब्धिका विषयमा छलफल हुने बताइएको छ।

    बैठकमा साउन ७ गते पुष्पलाल स्मृति दिवस मनाउने विषयमा पनि छलफल हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार