Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर यादव दोषी ठहर

वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन्।

घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो।

यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ साद असोज ३१ पक्राउ गरेको थियो।

उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो।

यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077