Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मिटरब्याज पीडितसम्बन्धी अध्यादेश सरकारकै कारण असफल भयो : एमाले

    मिटरब्याज पीडितसम्बन्धी अध्यादेश सरकारकै कारण असफल भयो : एमाले

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमालेले मिटरव्याजसम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको हो ।



    अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरलाई दण्डनीय बनाउन जारी गरिएको अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ नामको प्रतिस्थापन विधेयकका बारेमा सत्ता गठबन्धनबाट व्यक्त भइरहेका अभिव्यक्ति भ्रामक भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।



    एमालेको सचिवालय बैठकले सरकारका कारण यो अध्यादेश संसद्‌मा समयमै नआएको र छलफल हुँदै पारित हुन नसकेको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार