Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशी सरकार भंग गर्न एमालेको माग, असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर

    कोशी सरकार भंग गर्न एमालेको माग, असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 474
    SHARES

    काठमाडौं । नेकपा एमालेले कोसी प्रदेश असंवैधानिक र अलोकतान्त्रिक ढंगले गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ ।

    पार्टी कार्यालय च्यासलमा शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले त्यस्तो माग गरेको हो ।



    बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलंघन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।



    सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरित भएको र यो संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको एमालेको ठहर छ । ‘नेकपा एमाले सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ,’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार