कैलाली । कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएका छन् ।
शनिबार साँझ साढे ५ बजे लम्कीचुहा नगरपालिका–३ बल्चौरकी अन्दाजी ६ वर्षीय रितिसा चौधरी सोही ठाउँको रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा ७ जनाको टोली खटिएको छ।
हाल बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।