Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको नेतृत्व चार-चार महिनामा परिवर्तन गर्ने निर्णय

काठमाडौं । नेकपाको समाजवादी मोर्चाले चार/चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ ।

शनिबार दिउँसो ३ बजे बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो ।

मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ ।

त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने र साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय पनि गरेको गरेको छ ।

यसैगरी मोर्चामा हरेक दलबाट चाररचार नेता रहने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077