Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।

जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चारजना मारिएका हुन् ।

ज्यान गुमाउनेहरुमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले बताएको छ । प्रहरी अधिकारीहरुले गोली प्रहार गर्ने ब्यक्ति ४० बर्षिय एन्ड्री लङमोर भएको जनाएका छन् ।

चार जनाको हत्या गरेर फरार रहेको उक्त ब्यक्तिसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले उसलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077