Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नयाँ दल बनाएर निर्वाचनमा जाने इमरान खानको घोषणा

एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने बताएका छन् ।

अध्यक्ष इमरान खानले नयाँ राजनीतिक दल गठन गरेर चुनाव जित्ने बताएका हुन् ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077