Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भौतिक पूर्वाधारमन्त्री ज्वालाले भने – अहिलेको गठबन्धन बलियो छ, धूप बाल्दैमा ढल्दैन

    भौतिक पूर्वाधारमन्त्री ज्वालाले भने – अहिलेको गठबन्धन बलियो छ, धूप बाल्दैमा ढल्दैन

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 474
    SHARES

    जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् ।

    आइतबार जनकपुरधाम पुगेका भौतिक पूर्वाधारमन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । भौतिक पूर्वाधारमन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे ।



    पूर्वाधारमन्त्री ज्वालाले भने,‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’



    उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

    उनले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार