Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव खरालले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा. पुष्पमणि खरालले राजीनामा दिएका छन् ।

डा. खरालले आइतबार संगठनको महासचिव र अन्य पार्टीका जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनले संघमा रहेर आफूले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार र स्वास्थ्यकर्मीको हकका विषयमा वकालत गर्दै आए तापनि यथास्थितिमा देश जनतालाई सकारात्मक योगदान दिन नसक्ने भएकाले राजीनामा दिएको विज्ञप्ति उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077