Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सांसदहरुलाई संसद सचिवालयले भन्यो - भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनू

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको हो।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने हुन्छ । यसका लागि संसद सचिवालयले आगामी भदौ २८ गतेसम्मको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077