Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्वत जीप दुर्घटनामा थप एक जनाको मृत्यु

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गए राति भएको जीप दुर्घटनामा थप एकजना बालकको मृत्यु भएको छ।

दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ।

यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन्।

पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077