Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रमिकको ज्याला न्यूनतम २५ हजार निर्धारण गर्न माग गर्दै ट्रेड युनियनद्वारा प्रदर्शन

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ ।

लामो समयदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढ्न नसकेको भन्दै श्रमिकलाई जिउन पुग्नेगरी पारिश्रमिक बढाउन माग गर्दै उनीहरुले दबाबमुलक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले 'श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर', 'श्रम आयोग गठन गर', 'नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर' लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।

उनीहरुले आफूहरूको मागका विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

त्यस्तै, आज बसेको प्रतिनिधीसभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजारबाट बढाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077