Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।

५५ वर्षीय तामाङको हृदयाघातका कारण गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो ।

तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।

कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077