Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व आईजीपी सिंहको निर्णय १ वर्ष पनि टिकेन, लेखापालको कार्यअवधि फेरि ६ वर्ष

काठमाडौं । नेपाल प्रहरीका लेखापालहरूको कार्यअवधि ६ वर्ष भएको छ । पूर्व आईजीपी धिरजप्रताप सिंहको पालामा ८ वर्ष बनाइएको कार्यअवधि फेरि ६ वर्ष झारिएको हो ।

पूर्व आईजीपी सिंहले आर्थिक चलखेल गरेर प्रहरीका लेखापालहरूको कार्यअवधि ८ वर्ष बनाउने निर्णय गरेका थिए । तर वर्तमान आईजीपी वसन्त कुँवरले सो निर्णयलाई खारेज गर्दै पुनः प्रहरी लेखापालहरुको कार्यअवधि ६ वर्ष कायम गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको पीसीसीको बैठकले लेखापालहरूको कार्यअवधि ८ वर्षबाट घटाएर ६ वर्षमा झारिएको बताइको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बैठकले लेखापालको कार्यअवधि ६ वर्ष बनाएको र अब गृहमन्त्रालयबाट पनि सहमति लिनुपर्ने छ । लेखापालहरूको कार्यअवधि ८ वर्ष बनाउने निर्णयपछि अघिल्लो वर्ष लेखापालको सरुवा रोकिएको थियो ।

लेखापालको सरुवामा ५ देखि १० लाखसम्मको चलखेल हुने गरेका समाचार हरेक बर्ष आउने गरेका छन् । पूर्व आईजीपी धिरजप्रताप सिंहको पालामा लेखापालहरूको सरुवामा ८ वर्ष अबधि बनाएर खुलमखुला असुली भएको उजुरी परेपनि अख्तियारले आँखा चिम्लेको थियो। नेपाल प्रहरीमा पहुँच नहुनेहरु लेखा तालिममै नपर्ने, परिहालेमा जिल्लामा सरुवा हुनै नसक्ने नीतिको आलोचना भएपछि उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा ६ बर्षसम्ममात्र लेखापालमा कार्यरत रहने मापदण्ड बनाइएको थियो।

तर, ०७९ मा तत्कालीन आईजीपी धिरजप्रताप सिंहले लामो समय लेखामा काम गरेकाहरुको चलखेलमा लेखापालको सरुवा मापदण्ड संशोधन गरी ७ बर्ष काम गर्न पाउने बनाएर असुली धन्दा चलाएका थिए।  यो खेलमा सिंहलाई अहिलेका प्रसासनका एआईजी दिपक थापाले सहयोग गरेका थिए।

यस्तै आजको पीसीसी बैठकले १० प्रहरीलाई विशेष बढुवा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077