Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित गोरखाबाट तीनजना पक्राउ

गोरखा । गोरखामा अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शहिदलखन गाउँपालिका-९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती पक्राउ परेका हुन् ।

शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको गोरखा प्रहरीले जनाएको छ ।

अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एक/एक थान भरुवा बन्दुक फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077