Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वातावरण संरक्षणमा चौरपाटीको शिरोमणी विद्यालय, परिसरमा वृक्षारोपण

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ स्थित शिरोमणी लेखनाथ माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

वातावरण संरक्षणका लागि विद्यार्थी र विद्यालयका शिक्षक, शिक्षिका र अभिभावकले विद्यालय परिसरमा आइतबार वृक्षारोपण गरेका हुन् । विद्यालयका अनुसार प्रथम त्रैमासिक परिक्षा सकिएसँगै वातावरण संरक्षण गर्न विद्यार्थी र विद्यालयका शिक्षक, शिक्षिका र अभिभावकले विभिन्न बिरुवा रोपेका छन् ।

विद्यालयले पछिल्लो समय राम्रा काम गर्दै आएको छ । वातावरण संरक्षणका लागि विद्यार्थीलाई जिम्मेवार बनाउने उद्धेश्यसहित वृक्षरोपण गरिएको बताइएको छ । पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रुपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा विद्यालय जुटेको शिक्षक नविन साउदले जानकारी दिए ।

विद्यालयले पछिल्ला दिनहरुमा गीत, कविता, वक्तृत्वकला, वादविवाद जस्ता प्रतियोगितासञ्चालन गर्ने जस्ता कार्य गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएको छ ।

आर्थिक अभाव झल्दै आए पनि विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालय अग्रसर छ । आर्थिक अभावका बावजुद पनि नमुना विद्यालय बनाउन त्यहाँका अभिभावक र शिक्षकहरु एकजुट छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077