Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब प्रहरीले किस्तामा सामान पाउने, कारदेखि फ्रिजसम्म

काठमाडौं । प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषले बहालवाला प्रहरी कर्मचारीहरूलाई किस्ताबन्दी विभिन्न सामग्रीहरु उपलब्ध गराउने भएको छ ।

प्रहरी कल्याण कोषले जसका लागि आवश्यक कागजात पेश गर्न भनेको हो ।

प्रहरी कल्याण कोषको वार्षिक कल्याणकारी योजना अनुसार आर्थिक वर्ष २०८०–१८१ का लागि किस्ताबन्दी सुविधामा चारपाङ्ग्रे (कार तथा जिप) का साथसाथै मोटरसाइकल, स्कुटर, वासिङ मेसिन, कम्प्युटर, ल्यापटप, ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान, टेलिभिजन, फ्रिज, एयर कन्डिसनर र माइक्रो ओभन उपलब्ध गराउने योजनामा प्रहरी रहेको छ ।

उक्त सामानहरू बिक्री गर्न इच्छुक आधिकारिक बिक्रेताहरूलाई १५ दिनभित्र आवश्यक काजगातसहित विवरण पेस गर्न सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077