Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापतिलाई दबाबमा राख्न शेखर पक्षधरका नेताहरू छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू छलफलमा जुटेका छन्। कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारबाट बस्ने भएपछि डा.शेखर कोइराला पक्षका शीर्ष नेताहरु कोइराला निवासमा पुगेका हुन्।

कांग्रेसमा नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा तीव्र विवाद देखिएको छ।

संस्थापन पक्ष यो विषयमा मौन छ भने संस्थापन इतर पक्ष यो विषयलाई बैठकको एजेन्डा बनाएर खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने पक्षमा छ।

मंगलबारको बैठकको औपचारिक एजेण्डामा नक्कली शरणार्थी प्रकरणको विषय छैन। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउन र अन्य प्रस्तावबारे सहमति जुटाउन आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य खाँण पक्राउ परेपछि तत्काल निलम्बन गर्नुपर्ने आवाज उठेपनि हालसम्म निलम्बनमा परेका छैनन्।

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न देखिएका खाँणविरुद्ध अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेकाले निलम्बन गर्नुपर्ने प्रस्ताव राख्ने तयारीमा संस्थापन इत्तरका केन्द्रीय सदस्यहरु लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077