Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धनगढी उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।

उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो।

समायोजनमा कामकाज गर्नेगरि खटाएका कर्मचारीहरुलाई २०८० श्रावण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ ।

यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077