Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब कैलालीमा ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ ।

जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम टिभिआरएस सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको बताए ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालिएको उनले बताए । उनले जिल्ला भित्रमा जुनसुकै ठाउबाट पनि जरीवाना तिरेर आफ्ना कागजात लिन सकिने बताए ।

जरिवाना बुझाउनका लागि सवारी चालकले कैलालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरीया र ट्राफिक प्रहरी कार्यालय लम्कीमा जरिवाना बापतको रकम भुक्तानी गरेको प्रतिलिपि बुझाउने व्यवस्था गरिएको प्रहरी निरीक्षक जोहारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077