Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चरा ठोक्किँदा दुबै न्यारोबडी जहाज ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा

काठमाडौं । चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् ।

दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो ।

साथै निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा नेपाल वायुसेवा निगमले विज्ञप्ती जारी गर्दै यात्रुसँग क्षमा मागेको छ ।

दुइ ओटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबडी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।

जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परेका थिए ।

यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077