Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चरा ठोक्किँदा दुबै न्यारोबडी जहाज ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा

    चरा ठोक्किँदा दुबै न्यारोबडी जहाज ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 702
    SHARES

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् ।

    दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो ।



    साथै निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा नेपाल वायुसेवा निगमले विज्ञप्ती जारी गर्दै यात्रुसँग क्षमा मागेको छ ।



    दुइ ओटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबडी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।

    जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परेका थिए ।

    यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार