Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा विमानस्थलमा ७७ करोड लगानीमा बन्ने हवाई इन्धन डिपो शिलान्यास

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माणको काम सोमबारदेखि सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन।

निगम सञ्चालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थितिमा डिपो शिलन्यास भएको हो ।

विमानस्थलको सञ्चालनमा आएपछि निगमले विमानस्थलमा करिब ७७ करोड रूपैयाँमा हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। विमानस्थल परिसरभित्र डिपो नहुँदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ।

निगमले हवाई इन्धन डिपो निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077