Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ७६ लाख ३४ हजार कित्ता सेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

त्यस्तै, आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077