Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक धुम्बाराहीमा

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार अपराह्न बैठक सुरु भएको हो । पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे आजको छलफल केन्द्रित छ ।

साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय हुने बताईएको छ । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो ।

शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।

महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति, समसामयिक राजनीति लगायतका एजेन्डा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077