Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल एयरलाइले तिर्यो नागरिक लगानी कोषलाई ८३ करोड किस्ता

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

आइतबार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ता भुक्तान गरेको हो ।

यसअघि निगमले २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको गरिसकेको छ ।

विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको कम्पनीले जनाएको छ ।

निगमले विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ ।

त्यस्तै, अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत तीव्र गतिमा अघि बढाइएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077