Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शोभित बस्नेतको चलचित्र ‘जय हो’ले थाल्यो प्रचार

काठमाडौं । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएकको सिनेमा 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमामा समावेश 'जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की' बोलको गीत सार्वजनिक गरिएको हो ।

फिल्मका प्रस्तुतकर्ता बस्नेतले गीत रिलिजसँगै फिल्मको प्रचार अभियान औपचारिक रुपमा सुरु भएको बताए ।

सार्वजनिक गीतको भिडिओमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन्। शम्भुजित बास्कोटाको शब्द र संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीले स्वर दिएका छन्।

टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे, दीपशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ ।

आगामी भदौ ८ अर्थात् अगष्ट २५ देखि प्रदर्शनमा आउने यो फिल्म सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077