Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।

सभापति निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा लाइभ गर्न प्रस्ताव अघि सारेका हुन् ।

केन्द्रीय समिति बैठकमा धारणा राख्दा उठान नगरेका विषय पनि नेताहरूले बैठकपछि मिडियामा उठान गर्ने गरेको भन्दै सभापति देउवाले यसअघि नै बैठक लाइभ गर्नुपर्ने बताउँदै आएका थिए।

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ।

केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधि सभा निर्वाचन परिचालन समिति संयोजकले प्रतिवेदन पेश गर्ने, नीति अधिवेशनको मिति तय गर्नेजस्ता विभिन्न ९ एजेन्डा तय भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077