Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिका संयोजक विनय यादवले झाविरुद्ध सोमबार उजुरी दर्ता गराएका हुन । झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोष्ट राखेकाले उजुरीमा कारवाही गर्न माग गरिएको छ ।

नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव पार्ने काम झाले गरेको आरोप छ ।

अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारवाही गर्न माग गरेको थियो । नेपाललाई ब्रिटिश साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न अभियानले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077