Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा एक वर्षमा ७६० जनाविरुद्ध मुद्दा दायर, पौने २ अर्ब बिगो माग दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०७९/८० मा दायर भएका १६२ वटा मुद्दामा प्रतिवादीको संख्या ७६० रहेको उल्लेख छ ।

जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी एक, अन्य राष्ट्रसेवक कर्मचारी ३५५, बिचौलिया तथा मतियारलगायत अन्य १७८ जना छन् । यसैगरी, निर्वाचित र मनोनीत पदाधिकारी २२६ जना छन् ।

कुल ७६० जनाविरुद्ध एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३४ रुपियाँ बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता दाहाल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077