कैलाली । कैलालीमा एक जोडी सार्वजनिक स्थलमा आपत्तिजनक अवस्थामा भेटिएको छ । ६ लेन सडकको नेश्ननल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र अश्लील हर्कत गरिरहेको अवस्थामा जोडी फेला परेको हो ।
अश्लील हर्कत गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विद्यालयमा अध्ययनरत छात्रा र ट्याङकरका सह–चालक आपत्तिजनक अवस्थामा फेला परेका थिए ।
स्कुले किशोरी विद्यालय पोशाकमै रहेको समेत पाइएको छ। सार्वजनिक स्थलमा अनैतिक कार्य भएको पाइएपछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई महिला तथा बालबालिका सेलमा राखेर थप कुरा बुझ्ने काम भइरहेको छ । दुबै जनाले एक अर्काको मोबाइल साटेको पनि भेटिएको छ ।