Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा

एजेन्सी । रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ ।

गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले सोमबार नै म्याद समाप्त भएको बताएको हो ।

रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ ।

यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077